सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक

doctor

काठमाडौं, ३० फागुन । आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन् । पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी) सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् ।

सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताउनुभयो । सरकारी चिकित्सकले दुर्गमस्थलमा पनि काम गर्दै आएको स्मरण उनले गराए ।

कर्मचारी समायोजन अध्यादेशमा स्थानीय तहको अधिकृतभन्दा तल्लो स्तरमा चिकित्सकलाई राखेको भन्दै उनले आठांै, नवौं तहका चिकित्सक छैटौं, सातौं तहका अधिकृतको मातहतमा बसेर काम गर्न नसक्ने बताए । ‘‘हामीले देशभरका सरकारी चिकित्सकको राजीनामा संकलन गरिरहेका छांै’’, अध्यक्ष पाण्डेले भने, “ स्थिति सुधार नभए अबको केही दिनभित्र सामूहिक राजीनामा दिएर सरकारी सेवा छाड्नेछौं ।”

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले अब बन्ने संघीय निजामती सेवा ऐनबाट स्वास्थ्यकर्मीलगायत चिकित्सकका विषयलाई सम्बोधन गर्ने गरी समायोजनको प्रक्रियालाई अगाडि बढाइने जानकारी दिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);