चीनबाट के कोसेली लिएर आउँदैछन् प्रचण्ड ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चीनबाट के कोसेली लिएर आउँदैछन् प्रचण्ड ?

साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै, चीन भ्रमण सफल भएको प्रधानमन्त्रीको सचिवालयको निष्कर्ष

चीनबाट के कोसेली लिएर आउँदैछन् प्रचण्ड ?

काठमाडौं । साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै हुनुहुन्छ । 

बोआओ सम्मेलनमा भाग लिन चीन गएका प्रधानमन्त्री दाहाल बुधबार  स्वदेश फर्कन लाग्नुभएको हो ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री लगायतका नेताहरुसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो ।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले चिनियाँ रेल लुम्बिनीसम्म ल्याउन र तातोपानी नाका सुचारु गर्न आग्रह गर्नुभएकाो थियो ।

सोमबार बेइजिङमा चिनियाँ राष्ट्रपतिको भेटपछि दाहालले मंगलबार तिब्बतका चिनियाँ कम्यिुनिस्ट पार्टी प्रमुख वु यिङजेइसँग भेटवार्ता गर्नुभएको थियो ।

सो क्रममा वुले चीनले तातोपानी नाका खुलाउनका लागि सडक सुधार गर्ने तयारी गरिरहेको जानकारी गराउनुभएको थियो ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले बोआओ सम्मेलनलाई सम्बोधन गर्नुभउको थियो । नेपाली भ्रमण टोलीले चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री दाहालसहित नेपाली उच्चस्तरीय टोली चैत १० गते चीन गएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);