चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा ‘प्रचण्ड’ चीन भ्रमणमा जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा ‘प्रचण्ड’ चीन भ्रमणमा जाने

prachanda-xi jinping

काठमाडौं, १५ मंसिर । नेकपाका शीर्ष नेताहरुमा विदेश भ्रमण मोह बढ्दो देखिन्छ । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन भन्दै नेकपा भित्र पूर्व प्रधानमन्त्री स्तरीय विदेश भ्रमण यो बीचमा लगातार भइरहेको छ । यही क्रममा पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आगामी मंसीरको अन्तिम साता चीनको औपचारिक भ्रमणमा जाने तयारीमा हुनुुहुन्छ ।

पूर्व प्रधानमन्त्री झलननाथ खनाल चीन भ्रमणमा हुनुहुन्छ । पूर्वप्रधानमन्त्री माधव नेपाल टर्की र मेसोडोनियाको भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कनु भयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुसको भ्रमण गरी शुक्रबार स्वदेश फर्कनु भयो । अब पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चीनको औपचारिक भ्रमणमा जाने तयारीमा हुनुहुन्छ ।

भ्रमणको उद्देश्य के हो स्पष्ट पारिएको छैन । तर अध्यक्ष दाहाल नेकपाका दर्जनौ नेता तथा कार्यकर्तासहित चीनको औपचारिक भ्रमणमा जाने तयारीमा हुनुहुन्छ । जाने गते सार्वजनिक नगरिए पनि उहाँ मंसिरको अन्तिम साता जाँदै हुनुहुन्छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा राष्ट्रपति सी जिनपिङको आग्रहमा नेकपाका अध्यक्ष दाहाल चीन जान लाग्नु भएको हो ।

छिमेकी राष्ट्र चीन र नेपाल दुवै देशमा कम्युनिष्टको सरकार रहेको छ । नेपालका कम्युनिष्टहरु र चिनियाँ कम्युनिष्टहरुबीच भाइचाराको सम्बन्ध रहेको र त्यो सम्बन्धलाई थप सुदृढ गर्न,नेपाल, चीन र भारत बिचको त्रीदेशीय साझेदारीका कुराहरुमा छलफल हुने बताइएको छ । चीनले अघि सारेको बिआरआइ लगाएतका सन्दर्भमा आगामी दिनमा अघि बढ्नका लागि भ्रमणले मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।

चीनका सरकारी तथा पार्टीका प्रमुखहरुसँग विशेष छलफल गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउनु हुन्छ ।

अध्यक्ष दाहालको चीन भ्रमणको उद्देश्य अनेक होला । तर भ्रमणका अवसरमा देशको हितलाई ध्यानमा राखी राष्ट्रपतिको भ्रमणका अवसरमा भएका संझौता,बिआरआइ,चीनसँगको ब्यापार घाटा कम गर्ने,कनेक्टीभिटी लगाएतको क्षेत्रमा छलफल गरी भ्रमणलाई उपलब्धिमुलक बनाउनुपर्ने राजनीतिक बिश्लेषक डा.सुरेन्द्र केसीको सुझाव छ ।

नेपालमा नयाँ प्रधानमन्त्री बन्ने बित्तिकै भारत भ्रमण गर्ने चलन बर्षौदेखि छ । तर पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पहिलो औपचारिक भ्रमण चीनबाट गर्नु गर्नु भएको थियो । उहाँको चीन भ्रमण पटक पटक हुँदै आएको छ । राष्ट्रप्रमुख र पार्टी प्रमुखको हैसीयतमा दाहालले हालसम्म ८ पटक चीनका राष्ट्रपतिसँग भेटघाट गरिसक्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);