पञ्जाब किंगस् २१ रनले पराजित, आज २ खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पञ्जाब किंगस् २१ रनले पराजित, आज २ खेल हुँदै

काठमाडौं,१८ चैत्र । इंडियन प्रिमियर लिगमा लखनऊ सुपर जाएन्ट्सले पञ्जाब किंगस्लाई २१ रनले पराजित गरेको छ । २ सय रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए । ओपनर जोनी बेयरस्टोले २९ बल खेल्दै ४२ रन जोडे । यस्तै लियम लिभिङस्टोनले १७ बलमा २८ रन बनाए । लखनऊका लागि मयंक यादवले डेब्यु खेलमामा ३ विकेट लिन सफल भए भने मोहसिन खानले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनायो ।

ओपनर क्वीन्टन डीककले ३८ बलमा सर्वाधिक ५४ रन जोडे । यस्तै क्रुनल पण्ड्याले ४३ तथा निकोलस पुरनले ४२ रन बनाए । पञ्जाबका स्याम करनले ३, अर्षदिप सिंहले २ तथा कागिशो रबाडा र राहुल चहरले १–१ विकेट लिए । लखनऊको यो दोस्रो खेलमा पहिलो जित हो । पञ्जाब भने ३ खेलमा १ जित निकाल्न सफल भएको छ । आइपीएलमा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा गुजरात टाईटन्स र सनराईजर्स हैदराबाद भिड्ने छन् भने आजै हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);