नयाँ वर्षमा सिस्नोपानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नयाँ वर्षमा सिस्नोपानी

खम्म खत्री, २ बैसाख अछाम ।
नयाँ बर्ष मनाउने आ–आफनै तरिका छन । सुदुर पश्चिममा नयाँ बर्ष मनाउने तरिका अनौठो छ । नयाँ वर्षको सुरुवात संगै वर्षको पहिलो राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो हुने मान्यता कतिपयको रहेपनि शुदुरपश्चिमका जिल्लाहरुमा भने सिस्नो चिलाएर मनाउने गरिएको छ ।

नयाँ वर्षमा सिस्नोपानी

 

 

खम्म खत्री, २ बैसाख अछाम । नयाँ बर्ष मनाउने आ–आफनै तरिका छन । सुदुर पश्चिममा नयाँ बर्ष मनाउने तरिका अनौठो छ । नयाँ वर्षको सुरुवात संगै वर्षको पहिलो राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो हुने मान्यता कतिपयको रहेपनि शुदुरपश्चिमका जिल्लाहरुमा भने सिस्नो चिलाएर मनाउने गरिएको छ । वर्षको सुरुवातको दिन वा उक्त दिन मनाउन नपाएकाहरु पहिलो हप्ता सम्म नै विसुमा सिस्नोले चिलाउदा वर्ष भरि घाउखटिरा नआउने तथा लुतो जस्ता रोगहरुवाट बच्न सकिने र वर्ष भरी कुनै रोग नलाग्ने जनविश्वास रहेको छ । नयाँ बर्षको पहिलो दिन सुदूरपश्चिमको पहाडी जिल्लाका बासिन्दाले धुमधामका साथ बिसु पर्व मनाइरहेका छन् ।

 

यो पर्वमा देवर भाउजुले एक अर्कालाई तथा सालीले भिनाजु र भिनाजुले सालीलाई सिस्नु पानी लगाउने तथा सुदुरपश्चिमको लोकप्रिय खेल पुतला खेल्ने तथा रमाइलो गर्ने चलन रहेको मंगलसेन नगरपालिका ४ की सेतु आउजीले वताईन । कामको खोजीमा भारतका विभिन्न ठाउँ तथा देशका विभिन्न क्षेत्रमा गएका सुदूरपश्चिमका बासिन्दा यो पर्वका लागि घर आउने गर्दछन् । बिहे गरेर घर गएकी छोरी चेली पनि माइती आउने चलन छ ।

 

यो पर्व विशेष गरेर सुदुरपश्चिमका पहाडी जिल्लाहरु अछाम, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ्ग, बाजुरा तथा डोटीका बासिन्दाले नयाँ वर्षको पहिलो दिन बिसु पर्व मनाउने गर्दछन । नया बर्ष को आगमन सगै सुदुरपश्चिमका पहाडि जिल्लाहरुमा बिसु पर्वको चहल पहल बढेको छ । विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र देवि देवता हरुको पुजा गर्नको लागि भारतवाट घर फर्केको मंगलसेन नगरपालिका ४ का झंकर आउजीले वताए । देश तथा विदेशमा कामका लागि गएका सुदुरपश्चिका युवाहरु पनि विसु मनाउन घर फर्कने गर्दछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);