गुरुङ जातिको महान चाड तमु ल्होसार | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

गुरुङ जातिको महान चाड तमु ल्होसार

काठमाडौं । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ ।

यसरी आजबाट फेरिने वर्ष नयाँ वर्षको सम्वतलाई तमु सम्वत भनिन्छ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ती भएको मानिन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ ।

साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । आज बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।

आजदिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा लगाएर सजिन्छन् । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । यि जनावरहरुमा मुसा, गाई, बाघ, विरालो गिद्द, सर्प, घोडा, भेडा, बादर, चरा कुकुर र मृग पर्दछन् ।

विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा बाघको वर्ष रहनेछ भने गत वर्ष गाइको वर्ष थियो । किसान जीवनशैली , मौसम र प्रकृतीको निकटता प्रतिबिम्बीत गर्न ल्होसार शदियौं देखि मनिदै आएको छ ।

यो ल्होसार नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत र थुप्रै देशहरुमा भएका तमु समुदायले भब्यताका साथ मनाउने गर्दछन् ।
विशेषतः बुद्धिष्ट समूदायले वडो हर्सोउल्लासका साथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक र एतिहासिक दस्तावेजका अनुसार भगवान वुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटिएका छन् ।

बुद्धको आगमन अगावै यस समूदायका ब्यक्तिहरु मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्तिधूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन् ।

तमु समुदायका बारेमा लेखिएका पुस्तक र शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् ।

संस्कार, सभ्यता, हिन्दू र वौद्ध संस्कारको अनुपम समिश्रण यो समुदायमा पाईन्छ । मुख्यतया ल्होसारको वास्तवीक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात् नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास र उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ ।

नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् ।
पश्चिमतर्फ हानेको धनुकाँडले गएको वर्षको विदाई र पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्षको स्वागत गर्ने चलन छ । विहानपख नराम्रो वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ ।

प्रथम दिनमा छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ भने दोश्रो दिनलाई राजाको ल्होसारका रुपमा लिईन्छ र ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समिक्षा तथा विमर्श आदि पर्दछ ।

विशेष परिकारहरुमा सेलरोटि, अचार, माछा, मासु लगायत खाद्यय समग्री पर्दछन् । बाँसको टोकरीमा राखेको सेलरोटी र तामा या पित्तलको भाँडामा राखेको अचार, तरुल लगायत कन्दमूलले नेपालीपनको अद्भूत आनन्द दिन्छ, ।

काठमाडौको टुँडिखेलमा आज परम्परागत पहिरनमा तमु समूदायका ब्यक्तिहरुलाई हर्षोल्लासपूर्णरुपमा उपस्थित भएको देख्न सकिन्छ । परम्परागत बाजागाजा, झाँकी र पारम्परीक पहिचानका खानपिनको झलकहरूले आज तमु संस्कृतीको एउटा सविस्तार परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा रहनेछ ।

आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास छ । विभिन्न मन्त्रहरु लेखिएका विभिन्न रगंका तोरण, झन्डाहरु घर, डाँडा या वौद्ध विहारमा राख्ने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);