दिक्तेल नगरपालिकाले १ हजार किसानलाई कर्जा उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

दिक्तेल नगरपालिकाले १ हजार किसानलाई कर्जा उपलब्ध गराउने

खोटाङ । किसानलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ग्लोबल आइएमई बैंक र आरए ण्ड डि इनोभेटिभ सोलुसनबीच कर्जा सहजीकरणसम्बन्धी समझदारी भएकाे छ ।

व्यवसायिक कृषिमार्फत आत्मनिर्भर किसान बनाउन इनोभेटिभका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नगरपालिकाका उपमेयर विणादेवी राईले त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

 कृषि व्यवसाय तथा उद्यम गर्नका लागि आवश्यक वित्तिय, प्राविधिक, बजार व्यवस्थापन तथा समन्वय गरी साना स्तरका किसानलाई व्यवसायिक कृषिमा व्यवस्थित गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जासम्बन्धी सहकार्य गर्न समझदारी भएकाे नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका करिब एक हजार किसानलाई साना कृषि कर्जा प्रवाह गर्ने लक्ष्य राखिएकाे छ । बैंकले ५ वर्षका लागि प्रतिकृषक बढीमा २ लाख कर्जा स्वीकृत गरी लगानी गर्ने उपमेयर राईले बताइन् । किसानलाई प्राप्त कर्जा तथा अन्य स्राेतसाधनको सदुपयोग तथा दक्षता अभिवृद्धिसँग सम्बन्धित विषयमा निःशुल्क तालिम पनि दिइने भएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);