व्यवसायिक रुपमा कृषि गर्ने युवाहरुलाई सुलभ ब्याजमा कर्जा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

व्यवसायिक रुपमा कृषि गर्ने युवाहरुलाई सुलभ ब्याजमा कर्जा

अर्घाखाँची, १९ फागुन । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले व्यवसायिक रुपमा कृषि गर्नेहरुलाई कर्जा दिने भएको छ । बेरोजगार युवाहरुलाई सस्तो ब्याजदरमा ऋण प्रदान गर्ने सुलभ कर्जा कार्यक्रम अनुसार सन्धिखर्क नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता पत्रमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल र नेपाल बैंक लिमिटेड लुम्बिनि प्रदेश मुख्य प्रमुख लेखनाथ भुसालले हस्ताक्षर गर्नुभएको हो ।
उक्त कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले कृषि क्षेत्रमा व्यवसायिक रुपमा काम गर्न खोज्ने कृषकहरुको पहिचान गरि कर्जा वितरण गर्ने बताउनुभयो ।

सन्धिखर्क नगरपालिकाको ७५ लाख र नेपाल बैंक लिमिटेडको ७५ लाख गरि १ करोड ५० लाख रुपैयाँ कृषि पेशा गर्ने, नगरपालिकाको सम्वृद्धि र बेरोजगार युवाहरुलाई अगाडी बढाउनका लागि बैंकसँग सम्झौता गरिएको बताउँदै नगरप्रमुख भुसालले १ लाखदेखि ३ लाखसम्म ऋण उपलब्ध गराउने बताउनुभयो । विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका व्यवसायिक कृषि गर्ने राम्रो मान्छेलाई छनौट गर्ने उहाँले बताउनुभयो ।

बैंकका लुम्बिनि प्रदेश मुख्य प्रमुख लेखनाथ भुसालले कृषि पेशा गर्नेलाई बिना धितो कर्जा प्रवाह गर्ने, कुनै भन्झटबिना २ देखि ३ प्रतिशतको हाराहारी ब्याजदर रहने बताउनुभयो । सुलभदरमा कर्जा लिनेलाई बैंकका अन्य सेवाहरु ईन्टरनेट बैंकिंग, एटिएम सेवा, इबिबिएस सेवा लगायतका अन्य सेवाहरु निशुल्क प्रदान गरिने उहाँले बताउनुभयो ।

नगर उपप्रमुख ठाकुर कुमार बिकले जो कृषि पेशा गर्न चाहान्छन्, त्यस्ता युवाहरुलाई सुलभ कर्जा प्रवाह गर्ने बताउनुभयो । स्रोत साधन नभएका युवाहरुलाई हौसाला प्रदान गर्ने हेतुले विना धितो सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने उहाँको भनाई छ ।

सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद मरासिनीले नागरिकहरुमा वित्तिय क्षेत्रमा पहुँच पुराउने जोसँग लगानी छैन, सीप दक्षता भएका व्यक्तिहरुलाई कर्जा वितरण गर्ने बताउनुभयो ।

सन्धिखर्क नगरपालिकाकाले कृषि र पशुपालनलाई मुख्य प्राथमिकता दिएर काम गरेको छ । यस कार्यले बेरोजगार युवाहरुको हितमा हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);