तमु ल्होसारमा मुख्यमन्त्री राईले दिए शुभकामना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तमु ल्होसारमा मुख्यमन्त्री राईले दिए शुभकामना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ समुदायकाे तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन् । तमु ल्होसारका अवसरमा प्रदेश १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ(तमु) दाजुभाई, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै उनले शुभकामना व्यक्त गरेका छन् ।

तमु ल्होसार पर्व गुरुङ समुदायले नयाँ वर्ष सुरुआतको रुपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय भेषभूषा लगाउने चलन छ ।

गुरुङ समुदायमा यस पर्वका दिन आफन्तजन, नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा छ । 

मुख्यमन्त्री राईको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको उल्लेख गर्दै यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । ‘त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);