महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीलाई सहज पुजाआजाको व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीलाई सहज पुजाआजाको व्यवस्था

pasupati area

काठमाडाैं, २७ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीहरुलाई सहज रुपमा पुजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । बिहीबार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरुको भीड लागेको छ ।

अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष दर्शनार्थीलाई मन्दिर दर्शनका लागि छिटो र सहज हुने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । ११ वटा उपसमिति गठन गरी राम्रो व्यवस्थापन गरिएको महाशिवरात्रि पर्व व्यवस्थापन समितिका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

एकिकृत रुपमा सुरक्षा संयन्त्र परिचालन गरी सुरक्षाको प्रवन्ध मिलाइएको, स्वयम् सेवक पर्याप्त मात्रामा परिचालन गरिएको, भोजन, अवास, पानीको व्यवस्थापन मिलाइएको तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । जेष्ठ नागरिक तथा शारिरिक रुपमा अशक्त व्यक्तिहरुका लागि सुरक्षाकर्मी र स्वयम् सेवकको सहयोगमा छिट्टै दर्शन गर्न सकिने व्यवस्था मिलाईएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा उल्लेख्य रुपमा साधुसन्त तथा भक्तजनको उपस्थिति रहेको छ । कोभिड १९ को संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);