यस्तो छ पशुपतिमा महाशिवरात्रिको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

यस्तो छ पशुपतिमा महाशिवरात्रिको तयारी

काठमाडौं, ७ फागुन । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन सहज, सुरक्षित र छिटो दर्शन गराउने कामलाई प्रभावकारी बनाएको बताएको छ ।

यही फागुन ९ गते शुक्रबार त्रयोदशीका दिन पर्ने महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई प्रभावकारी बनाइएको कोषले बताएको छ ।

भक्तालुहरुलाई सहज, सुरक्षित र छिटो दर्शन गराउन सहयोग गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा गठन भएको १ सय ११ सदस्यीय महाशिवरात्रि व्यवस्था मूल समिति २०७६ अन्तर्गत ११ वटा उपसमितिहरु गठन गरिएको छ ।

उपसमितिहरुले पशुपति क्षेत्रमा शुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचार प्रसार, वातावरण सरसफाई, स्वास्थ्य सेवा, स्वर्यसेवा परिचालन लगायतमा काम गर्नेछन् ।

पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी महाशिवरात्रिका दिन चारवटै ढोका खुल्ला गर्ने बताएको छ । कोषका सदस्य सचिव डा. प्रदिप ढकालले बाहिरी ढोकाबाट बाहिर एक एक लाइनको व्यवस्था गर्ने र भित्र ४ वटा लाइन सम्म व्यवस्था गरी दुई घण्टा भित्रमा दर्शन गरिसक्ने व्यस्था मिलाइएको बताउनुभयो ।

उहाँले उत्तर ढोकाबाट ३ लाइन, दक्षिणबाट ३ लाइन, पश्चिम ढोकाबाट ४ लाइन, र पूर्वि द्धारलाई भने वैकलिपक द्धारको रुपमा नित्य पुजाका सामाग्रिहरु लैजाने व्यवस्था मिलाउन प्रयोग गरिने र आवश्यक परेको खण्डमा दर्शन गर्न दिने व्यवस्था समेत मिलाउने गरी व्यवस्थापन गरिएको बताउनुभयो ।

त्यस्तै सदस्य सचिव ढकालले नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति सहित ६ हजार सुरक्षाकर्मि परिचालन हुने र नेपाल स्काउट सहितका करिब ५ हजारको संख्यामा स्वयंसेवकहरु परिचालन हुने बताउनुभयो ।

उहाँले दर्शन गदौ ज्येष्ठ नागरिक, शारिरिक रुपमा अशक्त एवं अपाङ्गता भएका व्यक्तिहरुलाइ समस्या परेमा आफ्नो नजिक रहेको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

त्यस्तै भक्तालुहरुको सुरक्षालाई ध्यान दिदै पशुपति क्षेत्रमा मदिरा तथा कुनैपनि नशालुपदार्थको निषेध गरिएकाले विक्रीवितरण तथा ओसारपसार नगर्न एवं प्रयोग तथा सेवा नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);