मलमा अलमलः ठेकेदारको मनोमानीलाई आँखा चिम्लँदै सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मलमा अलमलः ठेकेदारको मनोमानीलाई आँखा चिम्लँदै सरकार

काठमाडौं, २० असोज । युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका २ कम्पनी शैलुङ इन्टरप्राइजेज प्रा.लि र होनिको मल्टिपल प्रा लिले मल आयातमा सरकारलाई धोका दियो । यी दुबैले समयमा मल आपूर्ति गर्न सकेन । ठेकेदारको लापरवाहिपछि मन्त्रालयले बंगलादेश सरकारसँग ५० हजार टन युरिया मल सहयोग अथवा सापटी दिन आग्रह गरेको थियो ।

सोही आग्रह वमोजिम त्यहाँका सरकारले सापटीको रुपमा मल दिन तयार पनि भयो । तर सापटी दिने भनिएको मल ल्याउन परेको टेण्डरमा आवेदन दिएका पाँच कम्पनी मध्ये फे पनि शैलुङ इन्टरप्राइजेज प्रा.लिले नै सबैभन्दा कम दर रेट राखेर ८२.२४ डलर प्रतिमेट्रिक टनमा मल ल्याउने गरी ठेक्का हात पार्यो ।

सरकारलाई मल आपूर्तिमा धोखा दिएकै कम्पनीलाई पुनः ठेक्का दिइयो । यो सँगै कृषकले फेरि पनि मल पाउने हो वा होइन अन्यौलता बढेको छ । मलको आसमा यो साल नै गुज्रन लाग्दा पनि कृषकले मल पाउन सकेका छैनन् । तर कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता राजेन्द्र कार्की भने केहि सातामै ठेकेदार शैलुङ इन्टरप्राइजेज प्रा.लिसँग सम्झौता हुन लागेकाले मल आयात हुने बताउनु भयो । ।

कृषकहरुले समयमै मल नपाउँदा अब आउने मल मरेपछिको औषधि सावित हुने बताइरहेका छन् । तर कृषि सामग्री कम्पनी लिमिटेडले भने सम्पुर्ण टेण्डर प्रक्रियाको काम सकेर ढिलामा कार्तिकको पहिलो सातासम्म सबै किसानहरुले मल पाउने दाबी छ । समयमा कृषकलाई मल ,िदन नसक्दा त्यसले उत्पादनमा ह्रास आउने निश्चित प्राय भइसकेको छ । त्यष्स तर्फ सरकार गम्भिर देखिएको छैन ।

यता कृषि मन्त्रालय भने टेण्डरको काम लगभग सकिसकेको र अब चाँडैनै बंगलादेशबाट सापटी मल नेपाल आइपुग्ने दाबी गर्छ । धान लगाउने सिजनमा मलको अभाव भएता पनि हिउँदे बाली लगाउने समयमा मल अभाव हुन नदिने कृषि मन्त्रालयका अधिकृत अरुण जि सीको तर्क छ । गत असारमा भएको ठेक्का सम्झौता बमोजिम १०७ दिनमा मल नेपालमा ल्याइसक्नु पर्छ । तर कम्पनीबाट जहाजमा मल पठाउने समय भने सैलुङले गुजारेको छ ।

कुल एक सय ७ दिनमध्ये अब बाँकी ४५ दिनमा मल ल्याउन सक्नेबारे कम्पनी पर्खेर बसेको कम्पनीले जनाएको छ । गहुँ, तोरी र तरकारीको लागि चाहिने ३० हजार मेट्रिकटन युरिया मलका लागि ग्लोबल टेण्डरमार्फत सैलुङले सस्तोमा ठेक्का हात पारेको थियो । पटक पटक ठेक्का प्रक्रियामा धोका दिएको सैलुङ कम्पनीले यो पटक पनि धोका नदेला भन्न सकिन्न ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);