मेरो बरियता तोक्ने अधिकार कसैलाई छैन : नेता खनाल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मेरो बरियता तोक्ने अधिकार कसैलाई छैन : नेता खनाल

jhalanath khanal

काठमाडौं, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू पार्टीको दोस्रो बरियतामानै रहेको दाबी गरेके छन् । पार्टी एकीकरणपछि बरियतामा पछि पारिएको प्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता खनालले आफ्नो बरियता तोक्ने अधिकार कसैलाई नभएको बताए ।

चीनमा भएको कार्लमार्क्स सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्केका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी एकतामा आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबीसमेत गरे । बरियाताका बिषयमा पार्टीभित्र रहेर संघर्ष गर्ने भन्दै खनालले कम्युनिष्ट पार्टीलाई एकबद्ध बनाएर लैजान सहयोग गर्ने बताए ।

आफ्नो बरियाता तोक्नेहरु कम्युनिष्ट सिद्धान्त र आर्दश नबुझ्नेहरु भएको उनको टिप्पणी छ । खनालले अध्ययन र लगनशिलताबाट मात्र कम्युनिष्ट पार्टीको सिद्धान्त र बिचार बुझ्न सकिने भन्दै अध्ययन गर्न नेताहरुलाई सुझाव दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);