सर्लाही गोलीकाण्ड : चार दिनपछि परिवारले बुझे शव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्लाही गोलीकाण्ड : चार दिनपछि परिवारले बुझे शव

jhadap-sarlhai

काठमाडौं, १९ असार । पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीको गोली लागी मृत्यु भएका युवकको शव परिवारले ४ दिनपछि बुझेका छन् । परिवारले शव बुझेपछि सर्लाहीको स्थिति सामान्य बनेको छ । बाँके खोलाको खाल्डोमा डुबी मृत्यु भएका बालकको शव पनि बालकको परिवारले बुधवार नै बुझेको हो।

स्थानीय सरकार र पीडित परिवारबीच १४ बुंदे सहमति भएपछि मृतक परिवारले बुधवार साँझ शव बुझेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिए । विभिन्न माग राखी पीडित पक्ष आन्दोलनमा उत्रेपछि ४ दिनदेखि ईश्वरपुर १३ श्रीनगरका सरोजनारायण सिंह र १२ वर्षीय बालक अमित रायको शव सर्लाही अस्पतालमै राखिएको थियो ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाको अध्यक्षता गरिएको छलफलमा गोली लागेर मृत्यु भएका सरोजनारायण सिंहलाई शहीद घोषणा गर्न स्थानीय सरकारमार्फत पहल गर्ने, डुबेर मृत्यु भएका बालकका परिवारलाई राहत स्वरुप पाँच लाख उपलब्ध गराउन नगरपालिका मार्फत पहल गर्ने, दुवै मृतकका परिवारलाई किरिया खर्चबापत २५–२५ हजार प्रदान गर्ने, गोली लागेर घाइते भएका राजकुमार महरालाई औषधोपचार स्वरुप ५० हजार उपलब्ध गराउन पहल गर्ने, गोली लागेर मृत्यु भएका सरोजनारायणको श्रीमतीलाई ईश्वरपुर नगरपालिकाको वडा नं. १३ को कार्यालयमा कार्यालय सहयोगीको रोजगारी दिने, मृतक सिंहको छोरालाई निः शुल्क शिक्षाको दिलाउने, मृतक सिंहको शालिक बाँके चौकमा निर्माण गर्ने, महोत्तरी र सर्लाहीको सीमाना छुट्याउनका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने, मापदण्ड विपरित उत्खन्न गरिने कार्यलाई रोक लागाउने, अनावश्यक रुपमा उत्खन्न गरिएका खाल्डोहरु पुर्ने, लगायतका मागमा सहमति बनेपछि पीडित परिवारले शव बुझेको प्रदेश सभा सदस्य महतोले जानकारी दिएका छन् । यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);