त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जना विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जना विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

tu

काठमाडौं, १९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा बुधबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा अध्यक्ष शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्रशासकिय प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह–प्राध्यापक राजेश्वर न्यौपाने, ताराप्रकाश पौडेल र रामबहादुर पाण्डे विरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको हो।

नातेदार नै उत्तिर्ण

सेवा आयोगले गरेको खुल्ला प्रतिस्पर्धात्मक परिक्षामा विश्वविद्यालयकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठन र राजनीतिक पार्टीहरुका नेताहरुका नातेदारहरु मात्रै सफल भएको भेटिएको थियो । लिखित परीक्षाको नतिजामा अधिकांश पुहँचवालाका श्रीमती, छोराछोरी र आफन्तको नाम निस्केपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको थियो ।

त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, आयोगका प्रमुख परशुराम कोइराला, त्रिविका प्रिन्सिपल कृष्ण आचार्य, पूर्व रजिष्ट्रार चन्द्रमणी पौडेल, लगायत उच्च पदाधिकारीहरुको नातेदारहरु परिक्षामा उत्तिर्ण भएका थिए । अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको शाखा अधिकृत र मुख्य कार्यालय सहायक दुवै पदमा नाम निस्केको छ । अध्यक्ष शर्माको थर पनि सापकोटा नै हो तर उनी शर्मा मात्रै लेख्ने गर्छन् । उनले भतिजीसहित भनसुनका आधारमा अन्य आफन्त र चिनजानका व्यक्तिको समेत लिखित परीक्षामा नाम निकाल्न सफल भएको स्रोतको दाबी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);