राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पोखरेलविरुद्ध १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो कायम गरेर शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो । अख्तियारले अकुत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पोखरेलकी पत्नी बिमला न्यौपाने पोखरेलाई पनि प्रतिवादी बनाएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारामा निमित्त प्रमुख रहँदा अख्तियारले पोखरेलमाथि अनुसन्धान थालेको थियो ।

त्यसपछि सरुवा भएर भूमि आयोगमा कार्यरत रहेकैबेला पोखरेल विरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले पोखरेल सरकारी सेवामा प्रवेश गरेको मिति २०४६ असारदेखि २०७८ फागुन १५ को अवधिमा पोखरेल र परिवारका नाममा रहेको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेपछि मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा अख्तियारले ४ करोडबढीको चलअचल सम्पत्तिमध्ये ३ करोड बढीका मात्रै स्रोत खुलेको र स्रोत नखुलेकोलाई बिगो कायम गरी आरोपित विरुद्ध अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);