सनी लियोनका बिग फ्यान थिए बिन लादेन, यस्ता छन् अन्य रहस्यहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एजेन्सी, २९ भदौ । अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंककारी ओसामा बिन लादेनसँग जोडिएका रहस्यहरुलाई दस्तावेजको रुपमा सार्वजनिक गर्ने भएको छ ।

यद्यपी सीआईएले लादेनको घरबाट बरामद गरिएको पोर्न मुभि कलेक्शन भने सार्वजनिक नगर्ने भएको छ । सिआईएका निर्देशक माइक पोम्पियोले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । अमेरिकामा भएको आतंककारी हमलाको मास्टर माइण्ड लादेनलाई अमेरिकी सैनिकले सन् २०११ मा पाकिस्तानमा मारेका थिए । त्यसपछि लादेनको घरबाट निकै रहस्मय दस्तावेजहरु बरामद गरिएको छ, जसमध्ये पोर्न फिल्म कलेक्शन पनि हो ।

आतंककारी बन्नु पहिले अर्थशास्त्रका विद्यार्थी लादेन साहित्य तर्फ पनि झुकाव राख्दथे । त्यतिमात्र होइन आफू आतंककारी भएपनि छोराछोरी आतंककारी नहोस् भन्ने लादेनको चाहना थियो ।

सीआईएले संकलन गरेको दस्तावेजमा लादेनले पोर्न फिल्म कलेक्शन गर्ने गरेको पनि पाईएको छ । जसमा उनको मनपर्ने पोर्न स्टार भनेको सनी लियोन थिईन् । सनी लियोनको जीवनमा आधारित डकुमेन्ट्रीमा पनि यो कुरालाई समेटिएको छ ।

उसो त लादेनकी पहिलो श्रीमती नजवा बिन लादेनले पनि सोधपुछको क्रममा लादेन पोर्न फिल्मको शौखिन भएको बताएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);