चिनियाँ विदेश मन्त्री र तालिबान नेताहरुबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चिनियाँ विदेश मन्त्री र तालिबान नेताहरुबीच भेटवार्ता

एजेन्सी । अफगानिस्तानको विद्रोही समूह तालिबानका नेताहरूले चीनका विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् ।

तालिबानका राजनीतिक प्रमुख मूललाह अब्दुर घानी बारादारसहित ९ जनाको टोलीले बुधबार चीनको उत्तरपूर्वी शर तियन्जिन पुगी विदेश मन्त्री वाङसँग भेट गरेका हुन् ।

भेटका क्रममा विदेश मन्त्री वाङले अफगानिस्ताको पुनसंरचना र मेलमिलापको प्रक्रियामा तालिबानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका थिए ।

चीनको राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष खतरमा पार्न सक्ने इस्ट तृर्किस्तान इसलामिक मुभमेन्टलाई तालिबानले सघाउन नहुने विदेश मन्त्री वाङले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको विदेश मन्त्रालयले बुधबार जारी गरेको वक्तव्यमा विदेश मन्त्री यीले तालिबान नेतासँग राजनीतिक समूह र आतंककारी संस्थाबिचको स्पष्ट रेखा कोर्न आग्रह गरेको उल्लेख गरिएको छ ।

यसको जवाफमा तालिबान नेताहरुले चीनलाई खतरा हुने कामका लागि अफगानिस्ताको भूमि प्रयोग हुन नदिने बताएका थिए । तालिबानले पछिल्लो केही महिना यता अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सक्रिय भएको छ ।

उक्त भ्रमणले अफगानिस्तानमा हिंसा बढे पनि संवेदनशील समयमा अन्तर्राष्ट्रिय मञ्चमा विद्रोही समूहको मान्यता बढाउने सम्भावना रहेको विश्लेषण गरिएको छ। तालिबान प्रवक्ता मोहम्मद नाइमका अनुसार चिनियाँ अधिकारीहरूको निमन्त्रणामा उनीहरू चीन पुगेका हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);