घाटमा लाँदै गरेको शवले जुरुक्कै उठेर छोरालाई कराउन थालेपछि यस्तो हंगामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौं, २८ भदौ । भारतको भोपालमा एउटा सोच्नै नसकिने घटना घटेको छ। जहाँ ७६ वर्षीय मोटुमल वासवानी मरेको करिब पाँच घन्टापछि फेरि बाँचेका छन् । जुन बेला उनलाई घाटमा लगिँदै थियो ।

मृत्यु भएको पाँच घण्टापछि उनको शव अस्पतालबाट शववाहनमा हालेर घर ल्याउँदै गर्दा उनी अचानक जुरुक्क उठेका हुन्। ति मृतक भनिएका व्यक्तिले उठेर भने ‘हरि, मलाई कहाँ लाँदैछौ ? ‘मोटुमललाई भदौ २१ गते हृदयघात भएपछि उपचारका लागि भोपालस्थित चिरायु अस्पताल लगिएको थियो । त्यसपछि स्वास्थ्य झन् बिग्रिन थालेपछि गत सोमबार भदौ २६ गते भेन्टिलेटरमा राखियो।

मंगलबार बिहान लगभग ८ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। यता मृतकका नातेदारहरू उनको घरमा भेला भए र अन्तिम संस्कारको तयारी गरे । कात्रोसमेत तयार पारेर मसानघाटमा जलाउने चिता पनि तयार भयो।

मृत्युको घोषणापछि केही नातेदार अर्को शहरबाट आउनुपर्ने भएकाले अन्तिम संस्कार दिउँसो २ बजे गर्ने निर्णय भयो। तर अन्तिम संस्कारका लागि घाटतर्फ लान भनेर शव बहानमा रोखका मोटुमल त नाटकीय रुपमा शववाहनमै जुरुक्क उठेर बोल्न थाले। त्यसपछि उनलाई तुरुन्तै घर लगियो। एजेन्सी

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);