नेम्वाङको पार्थिव शरिर साढे १ बजे बालुवाटार लैजाने | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

नेम्वाङको पार्थिव शरिर साढे १ बजे बालुवाटार लैजाने

काठमाडौं,२७ भदौ । संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिर नबिग्रने गरी ५ किलो रसायन राखिएको छ । उनको कान्छो छोरा बिहीबार आइपुुग्ने भएकोले शरिरबाट गन्ध नआयोस्, नसुन्नियोस र नबिग्रियोस भनेर रसायन राखिएको हो ।

मंगलबार बिहान नेम्वाङको निधन भएको थियो । उनी मध्यरातमा शौचालयमा ढलेका थिए । त्रिवि शिक्षण अस्पताल पुराए लगत्तै उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
नेम्वाङको पार्थिव शरिर मंगलबार दिनभर एमालेको पार्टी कार्यालय ललितपुरको च्यासलमा श्रद्धान्जलीको लागि राखिएको थियो । रातभर कार्यालयमा नै राखियो । आज पनि १२ बजेसम्म पार्टी मुख्यालयमा राखिने र पछि बालुवाटार लैजाने तय भएको एमालेका एक नेताले बताए ।

अष्ट्रेलिया र बेलायतबाट दुवै छोरा आएपछि भोलि मात्र अन्तिम संस्कार गरीने भएको छ । नेम्वाङका जेठो छोरा बेलायतमा अध्ययन गर्न गएका छन् भने कान्छो छोरा अष्ट्रेलिया गएका छन् । जेठो छोरा आज आउदैछन् भने कान्छो छोरा भोलि आइपुुग्ने बुझिएको छ ।

नेम्वाङको पार्थिव शरिरलाई भोलि साढे ११ बजे पशुपति आर्यघाटमा राजकिय सम्मानका साथ अन्तिम संस्कार गरिने पार्टीले जनाएको छ । उनको अन्तेष्टिको दिन सरकारले शोक बिदा पनि दिने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);