रानीपोखरी पुनःनिर्माणको काम जेठ १५ गतेदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

रानीपोखरी पुनःनिर्माणको काम जेठ १५ गतेदेखि

ranipokhari

फूलमाया आले
काठमाडौं, २४ बैशाख । भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरी पुनर्निर्माणको काम आगामी जेठबाट अघि बढाइने भएको छ । पुननिर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले मल्लकालीन शैलीमै रानीपोखरी तयार गर्न बताएको छ ।

विभिन्न बहानाबाजीले रोकिँदै आएको रानीपोखरी पुनर्निर्माणको काम आउँदो जेठ १५ गतेदेखि सुरु गरिने र यसको स्वरुप मल्लकालीन शैलीकै हुने महानगरका अधिकारीहरुले बताएका हुन् । आधुनिक सामान अर्थात कंक्रिट प्रयोग गरी बनाइएको पर्खाल हटाउन सूचना प्रकाशित गरिसकेको छ । कंक्रिट प्रयोग गरी बनाइएको पर्खाल जेठ पहिलो साताभित्र हटाउन तथा पुरानो शैली र प्रविधिको प्रयोग गरी रानी पोखरीको पुनर्निर्माण गर्न टेण्डर आह्वान गर्ने महानगरको तयारी छ ।

विक्रम संवत २०७३ वैशाख १० गतेदेखि वल्र्डवाइड कँडेल केएन केजी जेभीले रानीपोखरीको पुनःनिर्माण शुरु गरेको थियो । तर, उक्त कम्पनीले सोचेअनुरुप काम नगरेकोले ठेक्का रद्द गरिएको महानगरले बताएको छ । हालसम्मको पुनःनिर्माणका क्रममा दुई करोड ३० लाख रुपैयाँ खर्च भएको छ भने लगाइएको पर्खाल भत्काउन १६ लाख बजेट लाग्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि ११ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिपनि करिब सात करोड रुपैयाँमा आधुनिक सामान प्रयोग गरी निर्माण गर्न निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । तर, अहिले पुरानैशैलीमा निर्माण गर्नुपर्ने भएपछि सात करोडबाट ९ करोड रुपैयाँ लाग्ने अनुमान महानगरले गरेको छ ।

महानगरको योजना र ठेक्का सम्झौता अनुसार २०७३ कात्तिकमै रानीपोखरी पुनर्निर्माण भइसक्नुपर्ने थियो । तर, महानगरले पुनर्निर्माणका क्रममा कंक्रिट प्रयोग गरेपछि उत्पन्न विवादले काम रोकियो । विभिन्न विवादका कारण रानीपोखरी अहिले सुनसान घासे चौरमा परिणत भएको छ । त्यसैले चालू आर्थिक वर्षमा सुरु गरेर आगामी आर्थिक वर्षभित्रमा रानीपोखरीलाई पुरानैशैलीमा निमार्ण सम्पन्न गर्ने महानगरले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);