उदयपुरका कृषकले बिसादी र रासायनिक मलको प्रयोग घटाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

उदयपुरका कृषकले बिसादी र रासायनिक मलको प्रयोग घटाउँदै

organic

गोपाल पोखरेल
उदयपुर, २४ बैशाख

उदयपुर जिल्लामा खाध्यान्न, तरकारी र फलफुल उत्पादनमा व्यावसायिक रुपमा लागेका कृषकले रासायनिक मल र बिसादीको प्रयोग कम गर्न थालेका छन् । रासायनिक मल र बिसादीको प्रयोगले मानव स्वास्थ्य र जमिनको उर्वरा शक्तिमा प्रतिकुल असर पार्ने थाहा पाएपछि उदयपुरका कृषकले किटनासक बिसादी र रासायनिक मलको प्रयोग घटाउँदै लगेका हुन् ।

रासायनिक मल र बिसादी प्रयोग गरेको बर्ष राम्रो उत्पादन हुने भएपनि बिस्तारै जमिनको उर्वराशक्ति घट्दै जाने र यस्ता उत्पादनको सेवनले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले किसानहरु अर्गानिक उत्पादनमा जोड दिन थालेका छन् । पछिल्लो समय पारिवारिक स्वास्थ्यप्रति सचेत उपभोक्तासमेत अर्गानिक उत्पादनको खोजीमा लाग्ने गरेका छन् ।

किसानले रासायनिक मल र बिसादीको प्रयोग शून्य गरी पूर्णरुपमा अर्गानिक तरकारी तथा फलफूल उत्पादन गर्ने सामुहिक प्रतिबद्धता व्यक्त गर्न थालेपछि कतिपय रासायनिक मल र बिसादी बिके्रताले पसल नै बन्द गरेका छन् ।

बजारमा अर्गानिक उत्पादन, रासायनिक मल र बिसादीको प्रयोगबाट उत्पादन गरिएका फलफुल तथा तरकारीको मूल्यमा भने खासै फरक हुने गरेको छैन । अधिकांस उपभोक्ताले गुणस्तरीयभन्दा पनि सस्तो उत्पादन खोज्ने भएकाले अर्गानिक तरकारी तथा फलफूल उत्पादनकर्ता किसान मर्कामा पर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);