ऐतिहासिक सम्पदाको पुनर्निर्माण सुस्त | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

ऐतिहासिक सम्पदाको पुनर्निर्माण सुस्त

dharahara punarnirman

फूलमाया आले
काठमाडौं, ११ कात्तिक
। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार २०७२ को भूकम्पबाट देशभरका सातसय ५३ वटा सम्पदाक्षतिग्रस्त भएका छन् । त्यसमध्ये काठमाडौ उपत्यकाका मात्र चारसय ९४ सम्पदा छन् । ती सबै सम्पदाको पुनर्निमाण गर्नुपर्ने भएपनि अहिलेसम्म केही सम्पदा मात्र निर्माण सम्पन्न भएका छन् । थारै भएपनि यी सम्पादाको निर्माणले आसा भने जनाएको छ ।

ऐतिहासिक धरोहरका रुपमा रहेका सम्पदाहरुको पुनर्निर्माण तथा मर्मत सम्भारको कार्य अझै सन्तोषजनकरुपमा अघि बढेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ को भूकम्पबाट क्षतिग्रस्त देशभरका सातसय ५३ वटा सम्पदाहरुको पुनर्निर्माण गर्नुपर्ने छ । जसमध्ये १ सय ८५ वटा सम्पदाको पुनर्निर्माण सकिएको छ भने ३ सय ९ वटा सम्पदा पुनर्निर्माणको क्रममा छन् ।

उपत्यकामा पाटनको कृष्ण मन्दिर, मणिमण्डप, तलेजु, सुन्दरी चोक, सिद्धिलक्ष्मी, केदारनाथ, बद्रीनाथ, चाङ्गुनारायण मन्दिर, छिन्नामस्ता, खौमागेट, योगनरेन्द्र मल्लको शालिक लगायतका सम्पदाहरु निर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ । विभागका अनुसार काठमाडौ उपत्यकामा पुनर्निर्माण गर्नुपर्ने चारसय ९४ सम्पदाहरु मध्ये विश्व सम्पदा सूचीमा परेका धेरैजसो सम्पदा निर्माण सम्पन्न भएका छन् ।

राजधानीको मुटुमा रहेको काष्ठमण्डप, हनुमानढोका क्षेत्र, धरहरा, रानीपोखरी जस्ता महत्वपूर्ण सम्पदा अझैं लथालिङ्ग अवस्थामा छन् । विनाशकारी भूकम्पले क्षति पु¥याएका सम्पदा मध्ये रानीपोखरी र काष्ठमाण्डप पुनर्निर्माणको जिम्मा काठमाडौ महानगरले लिएको छ । काष्ठमण्डप अहिले निर्माणाधीन अवस्थामा छ भने रानीपोखरी निर्माण सुरु भएर पनि विभिन्न विवाद नै विवादमा फसेर पुनर्निर्माण अबरुद्ध भएर घाँसे मैदानमा परिणत भएको छ ।

रानीपोखरी पुनर्निर्माणको कार्य सुरु हुन अझै केही समय लाग्ने देखिएको छ । ठेकेदार कम्पनीले रानीपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग गरेपछि महानगरले ठेक्का रद्ध गरेको थियो । पुरानो ठेक्कालाई रद्ध गरेर गत भदौ तीन गते नयाँ टेन्डर आह्वान गरेको महानगरले असोज दुईगते टेन्डर खोलेको थियो । उक्त टेन्डर अहिले मुल्याङ्कनको प्रक्रृयामा रहेको महानगरले जनाएको छ ।

कुनै बाधा नआए आगामी मंसिर पहिलो साताबाट रानीपोखरीको पुनर्निर्माणको काम सुरु गरी यस आर्थिक वर्षको असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको महानगरले जनाएको छ । रानीपोखरीको पुनर्निर्माणको लागि महानगरले आह्वान गरेको नयाँ टेन्डरमा दुईवटा कम्पनीले मात्र आवेदन दिएको छ । जसमध्य एउटा पुरानै कम्पनी र अर्को एउटा नयाँ कम्पनी रहेको महानगरले जनाएको छ ।

भूकम्पले क्षति पुगेको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ । तर, उक्त मन्दिरपनि निर्माण सम्पन्न भएको छैन । धरहरा निर्माणको जिम्मा लिएको नेपाल टेलिकम पछि हटेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले धरहरा निर्माणको जिम्मा लिएको छ ।

प्राधिकरणले धरहराको टेन्डर आह्वान गरी निर्माणको ठेक्का जिआइइटीसीआर रमन जेभीलाई दिइसकेको प्राधिकरणले यहि कात्तिक महिनामा शिलान्यास गरी निर्माण अगाडि बढाउने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);