भूकम्पले ढलेको ऐतिहासिक सम्पदा धरहराको पुननिर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

भूकम्पले ढलेको ऐतिहासिक सम्पदा धरहराको पुननिर्माण सुरु

dharahara namuna

काठमाडौं, १ मंसिर । विनाशकारी भूकम्पका कारण भत्किएको धरहराको पुनर्निर्माणको काम अहिले निकै तीव्र रुपमा भइरहेको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरेको हो । धरहराको पुनर्निर्माण सुरु भएकोमा सर्वसाधारण पनि निकै उत्साहित भएका छन् ।

विनाशकारी भूकम्प गएको साढे तीन वर्षपछि ऐतिहासिक सम्पदा धरहरको पुननिर्माण गरिँदैछ । धरहराको पुनर्निर्माण गर्न सरकारले विभिन्न कारण देखाउँदै ढिलाइ गरिरहेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले जिम्मा लिएको धरहरा निर्माणका लागि जीआईईटिसी रमन जेभीलाई ठेक्का दिइएको छ । धरहरा आधुनिक बन्ने भएपनि डिजाइन भने पुरानै रहने भएको छ ।

घोषणा मितिदेखि नै काम सुरु भएको भए धरहरा यतिखेर निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर ढिलोगरी मात्र धरहराको पुर्ननिर्माण सुरु भएको छ । ढिलै भएपनि धरहराको निर्माण सुरु भएकोमा सर्वसाधारण निकै उत्साहित भएका छन् ।

प्राधिकरणका अनुसार ठेकेदार कम्पनीलाई ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा दिइएको छ । ९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछ ।

धरहरा २२ तलाको हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको समेत प्राधिकरणले जनाएको छ ।

त्यस्तै अहिले भग्नावशेष अवस्थामा रहेको धरहरालाई संग्रहालयको रुपमा संरक्षण गरेर राखिनेछ । धरहरामा दुई तला अन्डरग्राउन्ड पार्किङ समेत हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);