कोरोनाले शून्यमा झारेको अर्थतन्त्र (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कोरोनाले शून्यमा झारेको अर्थतन्त्र (भिडियाेसहित)

गत बर्ष चैत ११ गतेदेखि सरकारले जारी गरेको देश ब्यापी लकडाउन कै कारण अर्थतन्त्र तंग्रिनै पाएको छैन । गत श्रावणबाट सरकारले लकडाउनबाट मुलुकलाई मुक्त गरेको लगत्तै अर्थतन्त्रले गति लिन मात्रै के खोजेको थियो, कोरोना संक्रमणको दोश्रो लहरले यतिबेला मुलुकलाई पुनः गाँजेको छ । मुलुक कोरोनाको दोश्रो लहरको चपेटामा परेसँगै आर्थिक गतिविधीमा समेत यतिबेला मन्दी छाउन शुरु भएको छ ।

राज्यले अत्यावश्यक ठाने बाहेकका सबै ब्यवसाय यतिबेला तालाबन्दीमा परेका छन् । कोरोनाको दोस्रो लहर शुरु भए लगत्तै कोरोनाको हटस्पट बनेका मुलुकका औद्योगिक शहरहरु नेपालगञ्ज, भैरहवा, बीरगञ्ज, विराटनगर, नेपालगन्ज लगायतका शहरमा औद्योगिक गतिविधी ठप्प बन्न पुगेका छन् । यतिबेला यि शहरमा कोरोनाको दोश्रो लहरको ताण्डव नै चलेको छ ।

जसले यहाँका सबै आर्थिक गतिविधीलाई नै शुन्यमा झारिदिएको छ । यस अघिको लकडाउनकै कारण मुलुकभर कै उद्योग ब्यवसायमा प्रतिकुल असर परेकाले देशकै अर्थतन्त्रमा समेत यसको नकारात्मक प्रभाव परेको थियो । फलस्वरुप मुलुकको अर्थतन्त्र पहिलो पटक १५ दशमलव ४ प्रतिशतका दरले ऋणात्मक हुन पुगेको थियो । यसै अवधीमा मुलुकका १२ लाख बढी नागरिक चरम गरिबीको चपेटामा परेका थिए भने १६ लाखले त रोजगारी नै गुमाएका थिए ।

यो अबस्थाबाट मुलुक तंग्रिन मात्रै के खोजेको थियो, कोरोनाको दोश्रो लहरको अर्को प्रहार मुलुकको थाप्लोमा थपिएको छ । उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, कोरोना महामारी कै कारण मुलुकमा रहेका कुल उद्योगमध्ये १० दशमलव ८१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएका थिए बन्चेका उद्योगहरु आंशिक उत्पादनमा मात्रै आएका थिए ।

उत्पादनजन्य उद्योगभन्दा बढी कोरोनाको असर पर्यटन क्षेत्रले भोग्नु परेको थियो । जो अझै ताग्रिनसक्ने स्थितीमै छैन । सरकारले गत साउनमा लकडाउन हटाएपछि मुलुकको आर्थिक गतिविधीले लय पक्रने संकेत पनि नदेखाएको हैन तर, सरकारले दोश्रो पटक घोषणा गरेको लकडाउनले उत्पादनमुलक र पर्यटन उद्योगहरु धाराशायी नै हुने स्थितीमा आई पुगेका छन् ।

कोरोना महामारीले पर्यटन क्षेत्र तथा औद्योगिक उत्पादन र उपभोग कमजोर बनाउँदा आर्थिक वृद्धिदर ऋणात्मक देखिएको तथ्यांक विभागको पछिल्लो प्रतिवेदनले बताएको छ । त्यसैले पनि यतिबेला यी क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर पुनरुत्थान गर्नुपर्ने दबाब सरकारमाथि परेको छ । तर, यही दवावकै बिच सरकार निषेधाज्ञा जारी गर्न बाध्य बनेको छ । जसका कारण यतिबेला मुलुकका सबै खाले आर्थिक गतिविधि ठप्प हुन पुगेका छन् । जसले नेपालको अर्थतन्त्रलाई फेरि उठ्नै नसक्ने अवस्थामा पु¥याएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);