माओवादीकाे राष्ट्रिय सम्मेलनका लागि कर्णालीबाट ८८ प्रतिनिधि छनोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

माओवादीकाे राष्ट्रिय सम्मेलनका लागि कर्णालीबाट ८८ प्रतिनिधि छनोट

maobadi kendra

सुर्खेत । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगाे लगाएको छ । ११ पुसबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि सहभागी हुनेछन् ।

पार्टीको सर्कुलर अनुसार १५ सय सदस्य बराबर एक जना सम्मेलन प्रतिनिधि र संघीय संसद्को निर्वाचन क्षेत्रबाट दुई जना प्रतिनिधि छनोट गरिएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिमबाट १५ र सबैभन्दा कम डोल्पा जिल्लाबाट तीन जना प्रतिनिधि छनोट छन् । अन्य जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि सहभागी हुने प्रतिनिधिमा सल्यान र कालीकोटबाट ११-११ जना, सुर्खेत र जाजारकोटबाट १०-१० जना छनाेट भएका छन् । मुगुबाट पाँच जना, दैलेख, जुम्ला र हुम्लाबाट सात-सात जना जना प्रतिनिधि छनोट भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।
 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);