मनोज–झपेन्द्र स्मृति दिवस: बिरामीलाई फलफूल वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मनोज–झपेन्द्र स्मृति दिवस: बिरामीलाई फलफूल वितरण

खोटाङ। सहिद मनोज जोशी–झपेन्द्र कार्कीको ३१औं स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल खोटाङका बिरामीलाई फलफूल वितरण गरिएको छ । कर्मचारी आन्दोलनका क्रममा शहीद बनेका जोशी र कार्कीको स्मृति दिवसको अवसरमा शनिबार जिल्ला अस्पतालमा उपचार गराइरहेका २५ बिरामीलाई फलफूल वितरण गरिएको हो।

मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले बिरामीलाई फलफूल वितरण गरेका हुन् । २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेकाबेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा जिल्लामा विभिन्न कार्यक्रम गर्दै दिवस मनाइँदै छ । स्मृति दिवसको अवसरमा शुक्रबार दिक्तेलस्थित मनोज मार्ग सरसफाइ गर्नुका साथै अनेरास्ववियुले रक्तदान कार्यक्रम गरेको थियो । आइतबार बिहान जोशीको समाधिस्थलमा श्रद्धाञ्जली सभाको कार्यक्रम राखिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताए । जिल्लामा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै जोशी र कार्कीको स्मृति दिवस मनाउँदै आएको छ । जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो ।

PreviousNext

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);