हावाहुरीका कारण बारा र पर्सामा भएको मानवीय क्षतिप्रति राष्ट्रपतिद्वारा दु:ख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

हावाहुरीका कारण बारा र पर्सामा भएको मानवीय क्षतिप्रति राष्ट्रपतिद्वारा दु:ख व्यक्त

Bidhya-Bhandari

काठमाडौं, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले भीषण हावाहुरीका कारण बारा र पर्सामा भएको मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेकी छन् । सोमवार राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएकोमा सहानुभूति प्रकट गर्दै राष्ट्रपति भण्डारीले घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको जनाइएको छ ।

राष्ट्रपति भण्डारीले आँधीले घर, सवारी साधन, अन्नबाली, फलफूल खेती र भौतिक संरचनामा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

हावाहुरी, बाढी, पहिरो, डढेलो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षलाई समयमा नै पूर्वसावधानी अपनाउन समेत राष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बारा र पर्सामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपति कार्यालयद्वारा जारी गरिएको बिज्ञप्तिमा घाइतेहरुको उद्धार, उपचार र पीडितहरुका लागि राहत, पुनस्र्थापना र घर पुनर्निर्माणमा सरकारले विशेष ध्यान दिने आशा व्यक्त गरिएको छ ।