प्रधानमन्त्री ओली कलैयास्थित अस्पतालमा (फाेटाे फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओली कलैयास्थित अस्पतालमा (फाेटाे फिचर)

हावा हुरीबाट घाइते

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली बाराको कलैयास्थित अस्पतालमा पुगेर हावा हुरीबाट घाइते भएकाको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओली झापाको कार्यक्रम रद्द गरेर आज दिउँसो बारा र पर्सा पुगेका हुन् ।

उनले हावाहुरी प्रभावित क्षेत्रको समेत निरीक्षण गरेका छन् । प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेका हुन् ।

प्रधानमन्त्रीले घाइते र प्रभावितलाई राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिए । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी गराएका छन् ।

गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म आएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

तस्बिर : कृष्ण पौड्यालको फेसबुकबाट

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);