प्रधानमन्त्री ओली बारा र पर्साको आँधी प्रभावित क्षेत्रको निरीक्षणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री ओली बारा र पर्साको आँधी प्रभावित क्षेत्रको निरीक्षणमा

नेकपाका सांसदले एक दिनको तलब राहतका लागि दिने

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन् । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज दिउँसो बारा र पर्सा पुगेका छन् । उनले हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेका छन् ।

प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिए । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी गराएका छन् ।

गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म आएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);