पूर्वमाओवादी नेताहरुको रिट आज हेर्न नभ्याइने सूचीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पूर्वमाओवादी नेताहरुको रिट आज हेर्न नभ्याइने सूचीमा

काठमाडौं । सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्व माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ ।

न्यायाधीस दीपककुमार कार्कीको एकल इजलासमा परेको पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनर्वहालीको माग गर्दै दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

आफूहरुले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरु माओवादी केन्द्र कै सदस्य रहेको भन्दै चारै नेताले बुधबार सर्वोच्च रिट दायर गरेका थिए । उनीहरुले रिटमा सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन् ।

सर्वोच्च अदालतले गएको फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि उनीहरु माओवादी केन्द्र छोडेर एमालेतिर लागेका थिए । पार्टी छोडेर अन्य दलमा लागेको भन्दै माओवादी केन्द्रले उनीहरुलाई कारबाही गरी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);