राष्ट्रपतिसँगै उपराष्ट्रपति बसेपछि सुरु भयो विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रपतिसँगै उपराष्ट्रपति बसेपछि सुरु भयो विवाद

rastapati uprastapati

काठमाडौं, १६ चैत । संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ । विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा आसन गराइन्थ्यो ।

बिहीबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भने राष्ट्रपति विद्यादेवी भण्डारीसँगै कुर्सी राखेर आसन ग्रहण गराइएको थियो । संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई आसन गराइएको भन्दै संसदका जानकारहरुले आश्चर्य व्यक्त गरेका छन् ।

एक नेताले भने,

संसदको अभ्यास र परम्परा कानुन सरह हुन्छ ।

एकाएक परम्परा किन भत्काइयो छक्क परेका छौं ।

संसदमा राष्ट्रपतिले सम्बोधन गर्दा उपराष्ट्रपतिलाई कसरी आसन गराउने सन्दर्भमा विगतमा संसदका महासचिव मनोहरप्रसाद भट्टराई नेतृत्वको टोलीले भारतलगायत विभिन्न देशको स्थलगत अध्ययन गरेको थियो । भारतमा उपराष्ट्रपतिले माथिल्लो सदनको अध्यक्षता गर्ने चलन रहेको र अन्य देशमा उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै अध्यक्षता गराउने चलन नरहेको भन्दै समितिले प्रतिवेदन तयार पारेको थियो ।

विगतका सभामुख सुवास नेम्वाङले उपराष्ट्रपतिका लागि बाल्कोनीमा विशिष्ट कुर्सी राख्न लगाएका थिए । सोहीअनुसार पूर्वउपराष्ट्रपति परमानन्द झा र वर्तमान उपराष्ट्रपति पुनले संसदमा उपस्थिति जनाउने गरेका थिए । बिहीबार भने राष्ट्रपतिसँगै उपराष्ट्रपतिलाई कुर्सी राखेर आसन गराइएको थियो । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);