'गम्भीर अपराधमा मिलेमतो गर्ने प्रहरी होईन, दलालसँग जानु छ भने किन प्रहरी हुनु ?' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘गम्भीर अपराधमा मिलेमतो गर्ने प्रहरी होईन, दलालसँग जानु छ भने किन प्रहरी हुनु ?’

traffic

काठमाडौं, २३ साउन । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक आईजिपी मा नियुक्त भएको सय दिन पुरा भएको छ ।

प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया उनले यसबीच फुकाएका छन् । विगतमा प्रहरीभित्र हुन गरको राजनीतिक हस्तक्षेप र बिचौलियाको प्रभाव,एआईजी बढुवामा भएको ढिलाई तथा प्रहरीको सेवा अवधिजस्ता विषयमा नागरिक दैनिकका गुणराज लुइँटेल र टपेन्द्र कार्कीले खनासँग गरेको संवादको केहि अंश ।

विचौलियाको प्रभाव अत्यधिक छ । नेपाल प्रहरीलाई बिचौलियामुक्त कसरी बनाउनुहुन्छ । दलाल, बिचौलिया जस्तोसुकै रुपमा आए पनि उनीहरुलाई प्रवेश निषेध छ ।
नेपाल प्रहरी सबैका लागि समान छ
जसको पहुँच छैन, त्यसको सेवामा नेपाल प्रहरी झन् लाग्नुपर्छ । प्रहरी भइसकेपछि बिचौलिया वा दलालसँग जानु छ भने किन प्रहरी हुनु । म अहिले आईजिपी भएर मा भनेको होईन, मैले विगतदेखि भन्दै आएको छु ।

प्रहरीभित्र अत्याधिक राजनीतिक हस्तक्षेप छ
हस्तक्षेप निम्त्याउने प्रहरी पनि होला, चाहना राख्नु राजनितिक तहमा पनि होला । चाहना राख्ने र निम्त्याउने दुवैका कारणले राजनीतिक हस्तक्षेप भएको हो ।

कतिपय सन्दर्भमा चेन अफ कमान्ड राजनीतिसँग हो कि आईजिपीसँग हो भन्ने छुट्याउन कठिन देखिन्छ नि
मैले प्रहरीको नेतृत्व सम्हालेपछि त्यस्तो अवस्था छैन । जहिले सरकार, गृह मन्त्रालय र प्रहरी संगठनबीच कुनै त्यस्तो अन्तद्र्धन्द्ध छैन । त्यो हुनु पनि हुँदैन ।, आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);