पत्रकारबारे सभामुख घिमिरेले दिएको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पत्रकारबारे सभामुख घिमिरेले दिएको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिनु भएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउदै तत्काल फिर्ता लिन माग गरेको छ ।

शुक्रबार (चैत्र ३ गते) नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरु विक्रीमा छन्’ भन्ने विवादास्पद अभिव्यक्ति दिनु भएको थियो । महासचिव रोशन पुरीले उहाँको सो अभिव्यक्ति तथ्यहिन भएकाले त्यसको पुष्टि गर्न वा फिर्ता लिन माग गरिएको स्पष्ट पार्नु भयो । शनिबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले समग्र सञ्चार क्षेत्रलाई नै आक्षेप गराउने आधारहिन, तथ्यहिन र अशोभनीय कुरा सभामुख घिमिरेले गर्नु भएकाले महासंघले त्यसको विरोध गर्नु परेको बताउनु भयो । सभामुख जस्तो पदमा रहेर प्रेस स्वतन्त्रताको भावना विपरित अत्यन्तै अशोभनीय ढंगले पत्रकारहरुमाथि आक्षेप लगाउनु अशोभनीय र अमर्यादित काम भएको उहाँको तर्क थियो । महासचिव पुरीले भन्नु भयो,‘उहाँसँग हाम्रो कुनै माग पनि थिएन, ध्यानाकर्षण पनि थिएन । उहाँलाई बधाई दिने कार्यक्रम मात्रै थियो । त्यसक्रममा सम्माननीय सभामुखज्यूले समग्र सञ्चार क्षेत्रलाई नै आक्षेप लगाउनु भयो । आधारहिन, तर्कहिन कुराहरु गरेर उहाँले सबै पत्रकारहरु विक्रीमा छन् । मिडिया हाउसहरुले यो विभिन्न प्रकारका धन्दा गरेका छन । संघ पनि विक्रीमा छ लगायतका यावत कुराहरु जुन भिडियोमार्फत् बाहिर आए । ती कुराहरु चाँही स्वतन्त्र प्रेसको भावना विपरित छन । यदि सभामुखले त्यो पदभन्दा बाहिर बसेर गर्नु भएको टिप्पणी भएदेखि त्यो कुराको पनि पुष्टि गर्नु पथ्र्यो होला । तर, सम्माननीय जस्तो एउटा पदमा बसेको व्यक्तिबाट अत्यन्तै अशोभनीय शब्दहरु प्रयोग गरिए । जुन शब्दहरु तथ्यहिन थिए । कि उहाँले ती कुराहरु पुष्टि गर्नु पर्छ । होइन भने कि ती कुराहरुबाट सच्चिनु पर्छ । ती दुई वटा बाटोमा जानुपर्छ भन्ने कुराहरु पत्रकार महासंघले आजको विज्ञप्तीमार्फत् आफ्नो कुराहरु चाँही राखेको छ । तर हामीले हिजो उहाँको सरसर्ती त्यो अभिव्यक्ति सुन्यौं । त्यसपछि हामीले सचिवालयमार्फत् यो कुरा सच्चिनुपर्छ भनेर तत्काल नै हामीले आग्रह गरेका थियौं । हिजो बेलुकापख सचिवालयमार्फत् एउटा विज्ञप्ती त आयो । तर त्यो विज्ञप्ती के को लागि निकालिएको हो भन्ने कुरानै नखुल्ने खालको भयो । त्यसपछि पनि हामीले विभिन्न माध्यामबाट सभामुखजीलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन वा पुष्टि गर्नका लागि हामीलाई त्यो फिर्ता लिनुस भनेर भन्ने मात्रै होइन । यदि सक्नु हुन्छ भने पुष्टि गर्नुस् । सञ्चार क्षेत्रमा भएका कमीकमजोरी हटाउनका लागि हामी तयार छौं भन्ने नै हाम्रो कुरा हो । उहाँले त्यो कुरालाई पुष्टि गर्नु भयो भने फिर्ता लिनुपर्छ भन्ने होइन । तर समग्र सञ्चार क्षेत्र विक्रीमा रहेको, खरिदविक्री गर्न खोजिएको, कसले गर्न खोजेको, कहाँ भएको, यस्तो कुराको जवाफ त्यस्तो ठाउँमा बस्ने व्यक्तिले दिनुपर्छ । होइन भने यो अशोभनीय, अमर्यादित टिप्पणी हो सञ्चार क्षेत्रको लागि । त्यसैले पत्रकार महासंघले विरोध गरेको छ ।’

महासचिव पुरीले सञ्चार क्षेत्रमा, पत्रकारिता क्षेत्रमा सुधार हुनुपर्छ भन्ने कुरा भन्ने कुरामा महासंघ सहमत भएपनि सिंगो पत्रकारिता क्षेत्रलाई नै गाली गर्ने सभामुख घिमिरेको अभिव्यक्ति पाच्य नहुने चेतावनी समेत दिनु भयो । उहाँले राजनीतिक नेतृत्वलाई पत्रकारमाथि हल्का टिप्पणी गर्नु भन्दा पनि सुधारका पक्षहरुलाई आंैल्याई दिन पनि आग्रह गर्नु भयो । महासचिव पुरीले भन्नु भयो, ‘सञ्चार क्षेत्र सुध्रिनु पर्छ । पत्रकारिता क्षेत्रमा गलत क्रियाकलापहरु पनि छन भन्ने कुरामा दुईमत नहोला । समाजका सबै क्षेत्रमा कमीकमजोरीहरु छन । त्यसका सबल, राम्रा पक्षहरु पनि छन । पत्रकारिता क्षेत्रमा पनि केही विकृति होलान । तर त्यो एकाध जनाले गरेको कुरालाई लिएर समग्र क्षेत्रलाई गाली गर्ने कुरा पाच्य हुुन सक्दैन । सँगसँगै यो किन भने उहाँहरुले पत्रकारिता क्षेत्रमा सुधार हुनुपर्ने जुन कुराहरु उहाँहरुले गरिरहनु भएको छ । त्यो टिप्पणी गर्दाखेरी चाँही पत्रकारहरु चाँही यहाँयहाँ सुध्रिनु प¥यो, यसकारण सुध्रिनु प¥यो भनेर आयो भने उहाँहरुको त्यो कुरा पाच्य र सकारात्मक हुन्छ । ’

महासचिव पुरीले समाजका सबै क्षेत्रमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउनका लागि सकारात्मक ढंगले पहलकदमी अघि बढाउनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);