पत्रकार महासंघको टोलीलाई सभामुख घिमिरेले भने– अन्यथा नलिनुहोला यहाँ पत्रकारहरु बिक्रीमा छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पत्रकार महासंघको टोलीलाई सभामुख घिमिरेले भने– अन्यथा नलिनुहोला यहाँ पत्रकारहरु बिक्रीमा छन्

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफूमा यस्तो मान्यता रहेको बताउनु भएको हो । सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गर्नु भयो । मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाई छ । उहाँले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकीर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताउनु भयो ।

सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताउनु भयो । उहाँले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराउनु भयो । सभामुख घिमिरेले भन्नु भयो, ‘पत्रकारहरु जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो । अन्यथा नलिनुहोला । यो पत्रकार महासंघ हो । त्यो खालको छैन । पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ । जेजे कारणले भएपनि तिनीहरु प्रभावित छन् । अझ अर्को भन्ने हो भने त विक्रीमा छन् पत्रकारहरु । अब पत्रकारहरु विक्रीमा छन् । संघ विक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र, त्यो भन्नु पनि हुँदैन तपाईहरुले । किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि । त्यसको प्रभावचाँही कुनै न कुनै रुपमा परिरहेको छ । विग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाईटीमा निकै परेको छ । यसबाट मुक्त भएर पत्रकारिता र सरकारको बीचमा कसरी सम्बन्ध राम्रो बनाएर लैजाने होला । चाहे त्यो ऐन ल्याउने सन्दर्भमा होस् वा कार्यान्वयन गर्दा विनियमहरु बनाउने, नियमावली बनाउने, तिनीहरुको तल कार्यान्वयन गर्ने सन्दर्भमा होस् । यी र यस्ता समस्याहरुलाई कसरी हल गर्ने ? यो चाँही अलि समस्या हो । यो समस्याको समाधान गर्नु तपाई हाम्रो कर्तव्य हो जस्तो लाग्छ । र, यसलाई हामीले हल गरेको गयौं भने पत्रकारहरु पनि यस्तो प्रभावतबाट कसरी मुक्त हुने त ? यो समस्याको हल गर्नु पर्छ । किनभने यी हाम्रा समस्या हुन । तर अव राज्यले कुनै पनि ऐन, कानुन ल्याउँदाखेरी लुकेर, छिपेर एकैचोटी ल्याउनुपर्ने त होइन नि ।’

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरु बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताउनु भयो । उहाँले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले सोही अनुसार सञ्चारका कामहरु गर्नुपर्ने बताउनु भयो ।

सभामुख घिमिरेले भन्नु भयो, ‘कानुनको अभावमा धेरै नराम्रा कुराहरु भईरहेका छन । नयाँनयाँ परिस्थिति तथा परिवेशहरु सञ्चार क्षेत्रमा देखा परिरहेका छन । ठगहरु देखा परेका छन । कन्ट्रोल गर्ने समस्याहरु पनि देखा परेका छन । यी जस्ता कुराहरुमा राजनीतिक पार्टीहरुको चेतना पुग्नु प¥यो । नेताहरु चेतना त्यहाँ पुग्नु प¥यो । अनि, ती समस्या समाधान हुने गरी विधेयकहरु सरकारमार्फत आउनु प¥यो । त्यसका लागि पत्रकारहरुको भूमिका होस् । पत्रकारहरुको कानुन निर्माणमा, राष्ट्र निर्माणमा, के ठिक, के बेठिक हो भन्नेमा त्यसमा ठूलो भूमिका छ ।’

त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैंत्री कानुन निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराउनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);