पत्रकारबारे आफूले दिएको विवादास्पद अभिव्यक्ति सभामुख घिमिरेले फिर्ता लिनु भयोः पत्रकार महासंघ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पत्रकारबारे आफूले दिएको विवादास्पद अभिव्यक्ति सभामुख घिमिरेले फिर्ता लिनु भयोः पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति फिर्ता लिनु भएको जनाएको छ ।

सोमबार अपरान्ह नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताउनु भएको हो । गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरु विक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उहाँ विवादमा पर्नु भएको थियो । पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरुसँगको भेटमा सच्याउनु भएको नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘सम्माननीय सभामुखज्यूले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आफू पूर्ण प्रतिवद्ध रहेको बताउनु भएको छ । यो भन्दा अगाडि एउटा दुर्घटनाबस गरिएको टिप्पणीलाई संसद सचिवालय अथवा सम्माननीय सभामुखको तर्फबाट सच्याउनु भएको छ । र, नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जुन संविधानमा प्रत्याभूत भएको छ । त्योप्रति संसद र आफू पूर्ण रुपमा प्रतिवद्ध भएको जानकारी गराउनु भएको छ । सम्माननीय सभामुखज्यू र नेपाल पत्रकार महासंघको बीचमा यही छलफल भयो । र, यो विषयलाई यही टुंग्याउने निर्णय पनि गरेका छौं ।’

त्यस अवसरमा सभामुख घिमिरेले नेपाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सिंगो संघीय संसद र आफू प्रतिवद्ध रहेको पनि बताउनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);