केही दिन भित्रै सरकारले पूर्णता पाउँछः शक्तिबहादुर बस्नेत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

केही दिन भित्रै सरकारले पूर्णता पाउँछः शक्तिबहादुर बस्नेत

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् सांसद शक्तिबहादुर बस्नेतले केही दिन भित्रै सरकारले पूर्णता पाउने बताउनु भएको छ ।

उपमहासचिव बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै राजनीतिक दलहरु सरकारमा सहभागी हुने विश्वास समेत व्यक्त गर्नु भयो । विपक्षमा बस्ने भनेर कुनै पनि राजनीतिक दलहरुले नभनेकाले उनीहरु सबै सरकारमा सहभागी हुने उहाँको भनाई थियो ।

प्रधानमन्त्री दाहालले विश्वास मत लिएलगत्तै उपमहासचिव बस्नेतले राष्ट्रिय सहमती निर्माण गरेर अघि बढन सरकार र सत्तारुढ दलहरु लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘हाम्रो कोसिसलाई सकेसम्म राष्ट्रिय सहमती नै हो । आज पनि हाम्रो प्राथमिकता यो हो । र, कोसिस पनि त्यो हो । तर अव केही दलहरुको राष्ट्रिय सहमतीप्रति त्यति रुचि देखिएन । सोचे अनुसारको सहमती नभएपनि अधिकतम सहमतिको वातावरण तय भएको छ । फेरी पनि आगामी दिनमा सहमती निर्माण गरेर अघि बढनका लागि सरकारले आफ्नो तर्फबाट प्रयत्न गर्छ । हामी सबैको प्रयत्न हुन्छ । प्रधानमन्त्रीज्यूले भन्नु भएजस्तै केही दिन भित्रै यसले पूर्णता पाउँछ । अहिले गठबन्धनमा सहभागी भएका सबै दल, अहिले सरकारलाई विश्वासका मत दिएका सबै दलहरु सरकारमा सहभागी हुने वातावरण बन्न सक्छ । किनकी अघिल्लो पटक जस्तो यतिबेला सरकारलाई विश्वासको मत दिएर विपक्षमा हामी बस्छौं भनेर कसैले भन्नु भएको छैन ।’

उपमहासचिव बस्नेतले केही दलहरुले रुचि नदेखाएपनि अधिकतम सहमती निर्माण गरेर सरकार अघि बढने वातावरण बनेको पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);