गृहमन्त्री बारे विवाद छैन्, रास्वपा सँग छलफल जारी छः शक्ति बस्नेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गृहमन्त्री बारे विवाद छैन्, रास्वपा सँग छलफल जारी छः शक्ति बस्नेत

काठमाडौं । गृह मन्त्रालयको विषयलाई लिएर सत्तारुढ दलहरुबीच विवाद नभएको सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले दावी गर्नु भएको छ ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीसहित सत्तारुढ दलहरुबीच यस विषयमा छलफल भईरहेको र केही दिनमै टुंगिने पनि स्पष्ट पार्नु भयो ।

उपमहासचिव बस्नेतले सर्वोच्च अदालतको फैसला विस्तृत रुपमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सो सम्बन्धमा केही दिन पर्खनुपर्ने भन्नु भएको जिकीर समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘जहाँसम्म राष्ट्रपतिको कुरा छ । हाम्रो पार्टीले त्यस विषयमा खासै निर्णय गरेको छैन । राष्टिय सहमतीका लागि प्रयास गर्ने भन्ने हो । राष्ट्रिय सहमती अहिले मुलुकको आवश्यक्ता हो । राष्टपतिका लागि हामीले कुनै पोजिशन बनाएको स्थिति होइन । गृहमन्त्रीको लागि छलफल भईराखेको छ गठबन्धन दलका पार्टीहरुबीचमा । सर्वोच्चको फैसला पनि हेर्नुपर्छ भन्ने कोणबाट केही दिन पर्खनुपर्छ भन्ने हो । त्यसमा ठूलो विवादको विषय केही पनि होइन । अहिले यही विषयमा राष्टिय स्वतन्त्र पार्टीसँग पनि बसेर छलफल भईरहेको छ ।’

उपमहासचिव बस्नेतले राष्ट्रपति चयनका विषयमा आफ्नो पार्टीले निर्णय गरिनसकेको पनि बताउनु भयो । राष्ट्रिय सहमतीका लागि प्रयास गर्ने भनिएपनि त्यस सम्बन्धमा पार्टीले आफ्नो पोजिशन क्लिएर गरिनसकेको उहाँको भनाई थियो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);