माधव नेपालले भने– पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

माधव नेपालले भने– पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभएको छ ।

शुक्रवार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीमा बोल्नुहुँदै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभएको हो । उहाँले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि प्रतिफल नआएको बताउनु भयो । सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उहाँको भनाई छ । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राख्नुभयो । उहाँले देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको बताउनु भयो । उहाँले कुनैपनि कुरामा दूरगामी सोँच राख्न नसकिएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष नेपालले देशको सबै क्षेत्रहरुमा समस्या भएको भन्दै समस्याको मुख्य कारण भ्रष्टाचार भएको बताउनु भयो । भ्रष्टाचारको अन्त्य सिंहदरबारबाट मात्रै गर्न सकिने उहाँको भनाई छ । उहाँले मुख्य नेतृत्वबाट नै भ्रष्टाचारको अन्त्य गर्न सकिने उल्लेख गर्नुभयो । मुख्य नेतृत्वहरुमा भ्रष्टाचार अन्त्य गर्ने इमान्दार प्रतिवद्धता नहुञ्जेलसम्म भ्रष्टाचारको अन्त्य गर्न नसकिने उहाँले बताउनु भयो ।

अध्यक्ष नेपालले नेपालले विदेशीहरुसँग अनुचित सम्झौता गर्ने गरेको दाबी गर्नुभयो । उहाँले नेपालले विदेशीहरुसँग कुनैपनि सम्झौता गर्दा चुक्ने गरेको उल्लेख गर्नुभयो । उहाँले विदेशीहरुसँग भएको सम्झौताहरुको सम्बन्धमा किन अनुगमन हुँदैन ? भन्ने प्रश्न समेत गर्नुभयो ।

उहाँले कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको आधारशिला बनाउनुपर्ने बताउनु भयो । यसको निम्ति राज्यले उच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);