नेकपा ब्युँताउन किन लागे माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा ब्युँताउन किन लागे माधव नेपाल

काठमाडौं, ११ चैत्र । नेपाल कम्युनिस्ट पार्टी फुटेर नेकपा एमाले बन्दा माधव नेपाल पनि जिम्मेवार थिए । पछि उनी नेकपा एमालेमै रहे । तर, लामो समय केपी शर्मा ओलीसँग रहन सकेनन् ।

माधव नेपालले एमाले विभाजन गराएर नेकपा एकीकृत समाजवादी गठन गरे । त्यसपछि उनको ओलीसँग दूरी बढ्यो ।

मंसिर ४ को संसदको चुनावमा माधव नेपाल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलसँग गठबन्धन गरेर चुनाव लडे । उनको दलले १० सिट जित्दा राष्ट्रिय पार्टी बन्न सकेन ।

प्रचण्डले ओलीसँग हात मिलाए । गठबन्धन टुट्यो । प्रचण्डले दुई महिनामै ओलीको साथ छाडे । उनी पुरानै गठबन्धनमा पुगे ।

नयाँ गठबन्धन एक महिना पुग्दा माधव नेपाल फेरि नेकपा ब्युँताउने कसरतमा पुगेका छ । उनले एक महिना अघि ओलीसँग भेटे । तर, सहमतिमा पुगेनन् ।

माधव नेपालले शुक्रवार सार्वजनिक रुपमा ओलीलाई संकेत गर्दै नेकपा ब्युँताउने प्रस्ताव राखेका छन् । उनले प्रचण्डसँग पनि भेटेर कुराकानी गरिसके । यसले राजनीतिमा नयाँ घटना विकास हुनसक्ने देखिएको छ ।

नेकपा ब्युँतिएमा तीन कम्युनिस्ट पार्टी मिल्दा बहुमतभन्दा केही मात्र कम सिट हुन्छ । त्यतिबेला सत्ता समिकरण पनि बदलिनसक्छ । नेपाली राजनीति मौसम जस्तै छिटो छिटो परिवर्तन भइरहँदा माधव नेपालले नेकपा ब्युँताउन खोज्नुलाई अर्थपूर्ण मानिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);