सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित

सुडानको उत्तरी दारफुर राज्यस्थित टाविलामा पछिल्लो एक महिनामा ६ हजारभन्दा बढी मानिस विस्थापित भएर भित्रिएसँगै त्यहाँको मानवीय अवस्था चरम संकटमा पुगेको छ । द्वन्द्व, खाद्यान्न अभाव र खडेरीका कारण विस्थापित भएका सर्वसाधारणहरू सुरक्षित आश्रयको खोजीमा टाविला पुगे पनि आधारभूत आवश्यकताको चरम अभाव झेलिरहेका छन् । उत्तरी दारफुरको टाविला सहर हाल सुडानको सबैभन्दा ठूलो विस्थापित केन्द्रमध्ये एक बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार, टाविलाले विगत लामो समयदेखि ७ लाखभन्दा बढी विस्थापितहरूलाई आश्रय दिँदै आएको छ । तर सेप्टेम्बरको सुरुवातयता मात्रै ६ हजार १ सय ९१ जना नयाँ विस्थापित थपिएका छन् । विशेष गरी गत साता मात्र १ हजार ३ सय ९४ जना मानिस टाविला पुगेका छन्, जसमा महिला, बालबालिका र वृद्धवृद्धाको संख्या बढी छ ।

विस्थापितहरूको समन्वय समितिका प्रवक्ता एडम रिजलकाअनुसार सुरक्षा व्यवस्थाको बिग्रँदो अवस्था, खाद्यान्न अभाव र कम वर्षाका कारण उत्पन्न खडेरीले मानिसहरू पलायन हुन बाध्य भएका हुन् । पूर्वी दारफुरका क्षेत्रहरूमा आधारभूत सेवा सुविधाको कमी र बढ्दो भोकमरीले मानिसहरू टाविलातर्फ धपिन थालेका हुन् । स्थानीय द्वन्द्व र युद्धका कारण घरबार छोडेका मानिसहरूले बाटोमा समेत भोक र तिर्खाको सामना गर्नुपरेको छ । टाविलामा आश्रय लिइरहेका विस्थापित महिलाहरूले युद्ध र अभावको भयानक कथा सुनाएका छन् । खडेरीले बालीनाली नष्ट हुनु र खानेपानीको समेत अभाव हुनुले उनीहरूको जीवनयापन

Leave a Reply

ताजा समाचार