केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ

काठमाडौं ।

नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्पका साथ आफूले पार्टीको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको १५ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिएको बताउनुभएको हो । नेता गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउन तरुण पुस्ताको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । नेता गुरुङले १५ औं महाधिवेशनलाई पार्टीको ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै उहाँले बदलिँदो राजनीतिक परिवेशमा काँग्रेसलाई थप गतिशीलता प्रदान गर्न र देशव्यापी रूपमा संगठनलाई सबल बनाउन सक्षम नेतृत्व आवश्यक रहेको जिकिर गर्नुभयो । गुरुङले पार्टीका सबै तह र तप्कामा युवाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । गुरुङले आफू खुलातर्फ केन्द्रिय सदस्यको उम्मेदवार बनेको बताउनु भयो । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्न र योग्य व्यक्तिहरूलाई मूल प्रवाहमा ल्याउन तरुण दलले निर्णायक भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार