काँग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्छः मुख्यमन्त्री पाण्डे | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

काँग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्छः मुख्यमन्त्री पाण्डे

काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले काँग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्ने बताउनुभएको छ । नेपाल तरुण दलले आउो्जना गरेको कार्यक्रममा उहाँले नयाँ पुस्ताको जोश–जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरी पार्टीलाई थप सशक्त, गतिशील र आगामी चुनौती सामना गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो । काँग्रेसको अधिवेशनमा उपसभापति पदका उम्मेदवार दिनुभएका पाण्डेले पार्टीभित्र सबै पक्षलाई समेटेर काँग्रेसलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।उहाँले आफूले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा काम गर्दै आएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार