प्लेयर अफ दि म्याच गुल्सन भन्छन्– प्रशिक्षकको योजना अनुसार खेल्दा सफल भए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्लेयर अफ दि म्याच गुल्सन भन्छन्– प्रशिक्षकको योजना अनुसार खेल्दा सफल भए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य गुल्सन झाले प्रशिक्षकको योजना अनुसार खेल्दा नतिजा निकाल्न सफल भएको बताउनु भएको छ ।

फाइनल खेलमा युएईबिरुद्ध सम्हालिएको प्रदर्शन गर्दै नेपालको जित सम्भव बनाउनुभएका गुल्शन झाले योजना अनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजना अनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिनुभएको हो ।

गुल्सन झा तेस्रो नम्बरमा ब्याटिङ गर्दै धरासायी बनेको नेपालको इनिङलाई भीम सार्कीसँग साझेदारी गर्नुभएको थियो । उहाँले करियरकै उत्कृष्ट ब्याटिङ गर्नुभयो । गुल्सन फाइनल खेलको प्लेयर अफ दि म्याच पनि घोषित हुनभयो ।

अविजित रहँदै नेपाललाई उपाधि दिलाएपछि बोल्दै गुल्सनले प्रशिक्षकले दिएको भुमिकालाई निर्वाह गरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);