अभ्यास खेलमा नेपालको अर्को हार | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

अभ्यास खेलमा नेपालको अर्को हार

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा नेपालले अर्को हार ब्यहोरेको छ ।

हरारेमा मंगलबार भएको खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ७७ रनको लक्ष्य युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

युएईको जितमा रोहन मुस्ताफाले ७८ रनको योगदान दिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ७६ रन बनाएको थियो ।

नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । साथै? कुशल मल्लले ४६ रन तथा आरिफ शेख ३५ रन बनाए । कुशल भुर्तेलले ३९ रनको जोडेका थिए ।

नेपालले बिहीबार दोस्रो वार्मअप खेलमा ओमानसँग खेल्नेछ । यसअघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);