अफगानिस्तानविरुद्ध ३ मध्ये पहिलो टि–२० क्रिकेटमा भारत विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अफगानिस्तानविरुद्ध ३ मध्ये पहिलो टि–२० क्रिकेटमा भारत विजयी

एजेन्सी,२७ पुस । अफगानिस्तानविरुद्ध ३ मध्ये पहिलो टि–२० क्रिकेट भारतले जितेको छ । ६ विकेटको जितसँगै घरेलु टोली भारतले श्रृंखलामा १–० को अग्रता लिएकोछ । जितको लागि १ सय ५९ रनको मध्यम लक्ष्य भारतले १७ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा शिवम दुबे ४० बलमा ५ चौका र २ छक्कासहित ६० रनमा अविजित रहे । रिंकु सिह ९ बलमा २ चौकासहित १६ रनमा नट आउट रहे । शुभमन गिलले २३ तिलक बर्माले २६ र जितेश शर्माले ३१ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए । त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनायो ।

अफगानिस्तानका मोहम्मद नाबीले ४२, आजमतुल्लाह ओमरजाईले २९ र रहमानउल्लाह गुरबाजले २३ रन बनाए । भारतका अक्षर पटेल र मुकेश कुमारले २–२ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);