इन्ग्लिश प्रिमियर लिग : बर्नेमाउथद्धारा एभर्टन पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

इन्ग्लिश प्रिमियर लिग : बर्नेमाउथद्धारा एभर्टन पराजित

BARNMOUTH

एजेन्सी, ३० भदौ । इन्ग्लिश प्रिमियर लिगमा बर्नेमाउथले एभर्टनमाथि शानदार जित निकालेको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा बर्नेमाउथले एभर्टनमाथि ३–१ को जित निकालेको हो ।

बर्नेमाउथलाई जित दिलाउन कलुम विल्सनले दुई र रायन फ्रासरले एक गोल गरे भने एभर्टनका डोमिनिक लेविनले एक गोल फर्काए । खेलको २३ औं मिनेटमा विल्सनले गोल गर्दै बर्नेमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काए । खेलको ६७ औं मिनेटमा रायनले गोल गर्दै बर्नेमाउथलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ७२ औं मिनेटमा विल्सनले व्यक्तिगत गोल गर्दै बर्नेमाउथलाई ३–१ को जित दिलाए । जितसँगै बर्ने लिगको आठौं स्थानमा छ भने ७ अंक जोडेको एभर्टन लिगको ११ औं स्थानमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);