दक्षिण एसियाली यु-१६ नेटबल प्रतियोगिता कात्तिकमा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दक्षिण एसियाली यु-१६ नेटबल प्रतियोगिता कात्तिकमा हुने

nepal netball championship

काठमाडौं, २९ भदौ । नेपाल नेटबल संघले दक्षिण एसियाली अन्डर १६ जुनियर नेटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता कार्तिक १ गतेदेखि ५ गतेसम्म नेपाल आर्मी फिजिकल तथा स्पोर्टस सेन्टर लगनखेलमा आयोजना हुनेछ ।

प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स गरी कुल ६ देशको सहभागिता रहने छ । नेपाली खेलाडीहरुलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि खेल्ने अवसरको रुपमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगितामा प्रति क्वाटर १० मिनेटका दरले ४० मिनेटको कुल खेल हुनेछ । प्रतियोगितामा प्रति टिम १७ जना सदस्य रहनेछन् भने १५ जना अम्पाएर र अफिसियल रहनेछन् ।

प्रतियोगिताको कुल बजेट ३१ लाख ५ हजार ५ सय रहेको छ भने विभिन्न व्यापारीक कम्पनी, व्यक्ति र संघ संस्थाका साथै नेटबल संघको पनि सहयोग रहने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);