Our Network

वैशाख २९ २०७८, बुधवार

उदयपुरमा ब्राउनसुगर सहित २ पक्राउ

सुमन रायमाझी

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित मिलन चोकबाट ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका –३ मिलन चोक निवासी श्याम कुमार चौधरी र त्रियुगा नगरपालिका –३ मोतिगढा निवसी रेवत खातीलाई पक्राउ रहेका छन् ।

उनीहरुको साथबाट २ ग्राम ब्राउन सुगर र ब्राउन सुगरसेवन गर्न प्रयोग गर्ने पैसा(रु १०को नोट १ थान, रु ५ को नोट १ थान,सिक्का १ थान ) बरामद गरिएको छ ।

बरामद गरिएका ब्राउनसुगर सहित चौधरीर खातिलाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ ।

Leave a Reply