प्रतिनिधि सभाको गरिमालाई निमोठन खोज्ने प्रयास असफल भयो : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रतिनिधि सभाको गरिमालाई निमोठन खोज्ने प्रयास असफल भयो : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको गरिमालाई निमोठन खोज्ने प्रयास असफल भएको बताएका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दे सभामुख सापकोटाले प्रतिनिधिसभाको पुनस्थापनसंगै राजनीतिक स्थिरता विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने लक्ष्यमा प्रेरणा मिल्ने बताएका छन् ।

सभामुखले संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधि सभालाई पुनस्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति धन्यवाद समेत प्रकट गरेका छन् ।

सभामुख सापकोटाले विगतको तुलनामा संसदलाई अपेक्षाकृत बढी स्वतन्त्र, दिगो र राजनीतिक समस्याहरुको निकास दिने आधिकारिक थलोको रुपमा संविधानमा स्थापित गरिएको कुरा समेत पुन प्रमाणित भएको तर्क गरेका छन् । उनले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);